Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभापति देउवाको कार्यशैलीप्रति महामन्त्री शर्मा असन्तुष्ट, सोधे ६ प्रश्न

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाका उम्मेदवार छनोट गर्दा अपनाएको प्रक्रियाप्रति महामन्त्री विश्वप्रकाश शर्माले पनि ६ बुँदे विमति राखेका छन् ।

उम्मेदवार छनोट गर्दा पार्टी सभापति शेरबहादुर देउवा र संसदीय बोर्डले अपनाएको कार्यशैलीप्रति शर्माले कांग्रेस संसदीय बोर्डमा मौखिक रुपमा असहमति जाहेर गरेका हुन् ।

कांग्रेसको संसदीय बोर्डले राष्ट्रिय सभा निर्वाचनका लागि संस्थापनका सात र संस्थापनइतरका तीन गरी १० जना उम्मेदवार टुंगो लगाएको छ ।

यो विषयमा संसदीय बोर्डको बैठकमा महामन्त्री शर्माले आफ्ना विमति मौखिक रुपमा राखेका हुन् । अर्का महामन्त्री गगन थापाले भने लिखित रुपमा दुई बुँदे फरक मत राखेका थिए ।

यस्ता छन् महामन्त्री विश्वप्रकाशले राखेका असहमति :


  • उम्मेदवार चयनको समग्र सन्दर्भमा शभापतिको कार्यशैलीसँग प्रस्ट असहमत।

  • संसदीय बोर्डलाई पूर्णता नदिएर हामी पदाधिकारीले मात्रै निर्णय गर्ने भए विधानमा किन राखेको रु

  • राष्ट्रिय सभाको विशिष्टता बढाउने कर्तव्य दलहरूकै होइन र ? कांग्रेसले यो हेक्का राख्नुपर्छ कि पर्दैन ?

  • समावेशिताको सिद्धान्त विधानमा कि व्यवहारमा ?

  • नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने ?

  • राष्ट्रिय सभाकै नेतृत्व गर्ने गरी अपवाद स्वीकार्य, अन्य सोझै र प्रष्ट अस्वीकार्य । योगदान र योग्यता बोकेका सयौं साथी हुनुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077