Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृह जिल्ला पुगे राष्ट्रपति पौडेल

​तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ पुगेका छन् ।

भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी तनहुँ पुगेका हुन्।

राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गरेका थिए।

राष्ट्रपति पौडेल यसअघि गत असोज ६ गते पनि दमौली सभाहल उद्‌घाटनका लागि गृह जिल्ला पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077