Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभाको भागबण्डा टुंग्याउन गठबन्धनको बैठक बस्दै, एमालेलाई पनि समेट्ने तयारी

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजे गठबन्धनको बैठक बस्न लागेको हो ।

बुधबार दिउँसो सत्ता गठबन्धनका प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी रजनता समाजवादीको बैठक बसेको थियो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्ष नेकपा एमालेलेलाई पनि समेटेर जाने प्रस्ताव गरेका थिए । त्यसबारे आज टुंगो लाग्नेछ ।

आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077