Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

सूर्यदर्शन सहकारी ठगीमा संलग्न ‘गुण्डा नाइके’ भोटेसहित दुई जना जेल चलान

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा संलग्न थप दुई जना कारागार चलान भएका छन् ।

सहकारीका सञ्चालक भविश्वर अर्याल र पूर्वसञ्चालक शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’ लाई जिल्ला अदालत कास्कीका न्यायाधीश बसन्तजंग थापाको इजलासले कारागार चलान गरेको हो ।

उनीहरूले मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) सहित १९ जनाविरूद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएपछि जिबी राईसहित अर्याल र गुरूङ पनि फरार थिए ।

सहकारीको रकम अपचलन मुद्दा लागेका अध्यक्ष जिबी राईसहित १५ जना अझै फरार छन् । कारागार चलान भएका गुरूङ गुण्डा नाइके तथा नेकपा एमालेनिकट युवा संघ नेपालका केन्द्रीय उपमहासचिव हुन् ।

यसअघि सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परिसकेका छन्। यस सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि मुछिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077