Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्रीको निर्देशनपछि सुनापतिको सार्वजनिक बिदा रद्द

    प्रधानमन्त्रीको निर्देशनपछि सुनापतिको सार्वजनिक बिदा रद्द

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सहभागी हुने कुनै पनि सार्वजनिक कार्यक्रममा सार्वजनिक बिदा नदिन निर्देशन दिएका छन् ।

    रामेछापको सुनापति गाउँपालिकामा पुस १९ गते प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा पालिकाले सार्वजनिक बिदा दिएको समाचार सार्वजनिकपछि प्रधानमन्त्रीको निर्देशन बमोजिम सचिवालयले प्रधानमन्त्रीको निर्देशनबारे जानकारी गराएको हो ।



    प्रधानमन्त्रीको सन्देशपछि सुनापति गाउँपालिकाले यसअघि दिएको बिदा रद्द गरेको छ ।



    प्रधानमन्त्री सहभागी हुने अन्य कार्यक्रममा सार्वजनिक बिदा नदिन र बालबालिका प्रयोग नगर्न प्रधानमन्त्रीको निर्देशन रहेको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार