Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सूर्यदर्शन सहकारी ठगीमा संलग्न ‘गुण्डा नाइके’ महेन्द्र भोटे प्रहरी हिरासतमा

    सूर्यदर्शन सहकारी ठगीमा संलग्न ‘गुण्डा नाइके’ महेन्द्र भोटे प्रहरी हिरासतमा

    अनलाइन नेपाल
  • मंगलबार, १७ पुष २०८०
  • 4.4K
    SHARES

    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगीका फरार आरोपी शिबबहादुर गुरुङ उर्फ महेन्द्र भोटेसहित दुईजना जिल्ला अदालतमा हाजिर भएका छन् ।

    सहकारीको रकम अपचलन आरोप लागेका गुण्डा नाइकेसमेत रहेका भोटे र आइटी प्रमुख भविश्वर अर्याल कास्की जिल्ला अदालतमा उपस्थित भएका हुन् ।



    महेन्द्र भोटे सहकारीका सञ्चालक समितिका पुर्व सदस्य हुन् भने अर्याल सञ्चालक समितिका सदस्य हुन् । गुण्डा नाइके भोटे नेकपा एमाले कास्कीका जिल्ला सदस्य पनि हुन् ।



    मंगलबार अदालतमा हाजिर भएका उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अदालतमा आफैं उपस्थित उनीहरुको बयान कार्य नसकिएपछि हिरासत कक्षमा राखिएको हो ।

    निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरीपछि प्रहरीले उनीहरुसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । त्यस पश्चात उनीहरु फरार थिए । अझै अध्यक्ष जीवी राई भनिने गितेन्द्र बहादुर राईसहित १५ जना फरार छन् ।

    यसअघि सूर्यदर्शन सहकारीका उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परेका थिए । यस सहकारीको रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि मुछिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार