Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बालकुमारी घटनालाई सामान्य मान्न सकिँदैन् : अग्नि सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बालकुमारी हत्या प्रकरण स्वाभाविक नभएको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलन बोल्दै प्रवक्ता सापकोटाले यस्तो बताएका हुन् ।

प्रवक्ता सापकोटाले भने,‘आयोग गठन भएको छ । विस्तृत रिपोर्ट आयोगले नै बाहिर ल्याउँछ । यो गम्भीर विषय हो । प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहनुभएको छ । यस घटनालाई रूप र सारमा हेर्नुपर्छ । जनतामा आक्रोश हुनु स्वाभाविक हो । तर गोली नै चल्नुपर्ने अवस्था थिएन । यद्यपि यो घटना स्वाभाविक छैन । रहस्यमय छ । प्रथम दृष्टिमै गलत भएको छ । विभिन्न बहानामा जनतालाई भड्काउने काम भइराखेको हुनसक्ने हामीले भन्न सक्छौँ ।’

यो गम्भीर विषय भएकाले प्रधानमन्त्रीले नै सुरक्षा निकायसँग छलफल गरिरहेको प्रवक्ता सापकोटाले बताए ।

यद्यपि यो घटना स्वाभाविक मान्न नसक्ने उनको निष्कर्ष छ । शुक्रवार ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर २ जना युवाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077