काठमाडौं । काठमाडौंका छुट्टा–छुट्टै स्थानबाट प्रहरीले १६ जना जुवाडेलाई पक्राउ गरेको छ।
काठमाडौंको गोकणेश्वर नगरपालिका–९ र काठमाडौं महानगरपालिका–१७ बाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको हो।
दुवै ठाउँका जुवा खालबाट गरी नगद २ लाख ३ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
गोकर्णेश्वधर नगरपालिका-९ गोकर्ण भगवती स्थानस्थित सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ घर भएका ४४ वर्षीय दुर्गा लाल तामाङको टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।
यस्तै, सोमबार राति नै काठमाडौं महानगरपालिका–१७ कालधारास्थित नेष्ट अपार्टमेन्टमा बस्ने काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-३ घर भएका ३३ वर्षीय हिमाल तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६२ हजार ९ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो। दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Leave a Reply