Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनमाथिको आक्रमण ‘तीव्र’ बनाउने पुटिनको घोषणा

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सहर बेलगोरोडमा सप्ताहन्तमा अभूतपूर्व हमलापछि मस्कोले युक्रेनमा सैन्य लक्ष्यहरूमा आक्रमणलाई तीव्र पार्ने चेतावनी दिएका छन् ।

बेलगोरोडमा शनिबार भएको हमलामा २४ जनाको मृत्यु र एक सयभन्दा बढी घाइते भएका थिए ।

मस्कोले युक्रेनी सहरहरूमा ठूलो मात्रामा आक्रमण गरेपछि बेलगोरोडमा हमला भएको हो ।

'हामी आक्रमणलाई तीव्र बनाउँदै छौँ, नागरिकहरू विरुद्धको कुनै पनि अपराध सजायबिनाको रहने छैन, यो निश्चित हो,' सोमबार एक सैन्य अस्पतालको भ्रमणका क्रममा पुटिनले भने ।

रुसले ‘सैन्य प्रतिष्ठानहरू’ मा हमला गर्न दबाब बढाउने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077