Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजतन्त्र भनेर कराउनेसँग कसैले डराउनु पर्दैन : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राजतन्त्र भनेर कराउनेहरूसँग डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।

अध्यक्ष भट्टराईले लोकतान्त्रिक व्यवस्थालाई दिगो र स्थायी बनाउनका लागि सबै दलहरूबीच मेलमिलाप हुनु आवश्यक रहेको बताए ।

अध्यक्ष भट्टराईले भने,‘अहिले केही मान्छे राजतन्त्र भनेर कराइरहेका छन् । तर राजतन्त्र राँके भूतमात्रै हो, अहिले त्यसको उज्यालो देखेर मान्छे चिच्याइरहेका छन् । तर त्यसबाट केही हुनेवाला छैन । राजतन्त्रदेखि डराउनुपर्ने कुरा छैन । बरू जनताले चाहेजस्तो सुशासन र विकासको बाटोमा सबै दलहरू मिलेर अघि बढौँ ।’

अध्यक्ष भट्टराईले अहिले जनताले छिटो–छिटो विकास र सुशासन खोजिरहेको बताए । अध्यक्ष भट्टराईले अहिलेको व्यवस्थामा कुनै पनि दलले बहुमत नल्याउने र स्थिर सरकार नहुँदा जनताले सुशासन र विकासको अनुभूति गर्न पाउने अवस्था नबनेको बताए ।

अध्यक्ष भट्टराईले सबै दलहरू मिलेर संयुक्त सरकार बनाउन प्रस्ताव गरे । यस्तो नभए संविधानप्रति, व्यवस्थाप्रति र नेताहरूप्रति अहिले नागरिकले देखाइरहेको आक्रोस थप बढेर जाने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077