Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई विश्वप्रकाशको प्रश्न - आन्दोलनमा तपाईंको मन्त्री वार्ता गर्न जानु भएको हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बालकुमारी भएको युवाहरूको आन्दोलनको बिचमा नेपालका सरकारका मन्त्री किन पुगे भनेर प्रश्न गरेका छन् ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, विद्यार्थीहरूले प्रदर्शन गर्दै गर्दा, ईपीएस परीक्षा हामीले दिन पाउनुपर्छ भनेर प्रदर्शन गर्दै गर्दा, झण्डा हल्लाउँदै तपाईंको एकजना मन्त्री वार्ता गर्न जानु भएको थियो ? के कार्यका लागि त्यो जरुरी थियो ?’

आन्दोलनका बिचमा पुगेका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालामाथि हातपात हुनुका साथै उनको गाडीमाथि आगजनी भएको थियो । आन्दोलनका क्रममा दुई जना युवकको मृत्यु समेत भएको थियो ।

महामन्त्री शर्माले आफ्नो पार्टी सरकारमा सहकार्यमा रहेको बताउँदै राज्य सञ्चालनमा सरकारलाई अझ गम्भीर बनाउन जरुरी रहेको विषयमा जोड दिए ।

उनले राज्य सञ्चालनको लागि र जनतामा वितृष्णा नहुने साझा दृष्टिकोणका लागि सबै दलहरूबिच सहकार्य जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077