Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आम जनता पार्टीले बनायो ‘आईटी आर्मी’, रौतहटमा सात दिने तालिम जारी

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले छुट्टै अर्धसैनिक बल ‘आईटी आर्मी’ निर्माण गरेको छ ।

आम जनता पार्टीको स्थापना दिवसका अवसरमा यही पुस १४ गते आयोजित आईटी आर्मीको राष्ट्रिय भेलासहित सुरु भएको हो । सैनिक तालिम अहिले निरन्तर चलिरहेको बताइएको छ ।

सात दिन चल्ने उक्त तालिममा युवाहरु सहभागी छन्। रौतहटको मौलापुरमा जारी उक्त तालिममा आईटीसम्बन्धी प्रशिक्षणदेखि सैनिक अभ्याससम्म भइरहेको छ ।

वैदेशिक रोजगारीमा भइरहेको ठगी रोक्न, भ्रष्टाचारीहरुलाई दण्डित गर्न तथा भगौड़ा दलालबाट देशलाई बचाउन आईटी सेना निर्माण गरिएको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077