Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कारको ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु, एक गम्भीर घाइते

बाँके । बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेकाहरुलाई आइतबार राति सिँक्टा सिँचाइ आयोजनाको कार्यालय नजिकै स्कारपियो गाडीले ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गाडीको ठक्करबाट एक महिला र एक पुरुषको मृत्यु भएको छ । उनीहरुको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो ।

मृतकको सनाखत हुन बाँकी छ । घाइते एक महिलाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077