काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भेटवार्ता गरेका छन् ।
उनले बालकोटस्थित निवासमा पुगेर ओलीसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा उनीहरुबीच शान्ति प्रक्रियाका बाँकी विषयलाई टुंग्याउने लगायतका विषयमा छलफल भएको शर्माले उल्लेख गरेका छन् ।
उनले भिन्न पृष्ठभूमि र आस्था भएर पनि आफूहरु सँगै उभिँदा शान्ति र संविधान प्राप्त भएको उल्लेख गर्दै अबको सहकार्यले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नुपर्ने बताए ।