Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शुभश्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो

अर्घाखाँची । नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित शुभश्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ ।

शितगंगा नगरपालिका–८, जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवानाबापतको ४७ करोड रुपैयाँ बक्यौता नतिरेपछि गए रातिदेखि लाइन काटिएको विद्युत् प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए ।

डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गरेबापतको रकम नतिरेपछि लाइन काटिएको शाखाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077