Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ६ प्रदेशका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री प्रचण्डलाई, प्रदेशलाई अधिकार दिन माग

    ६ प्रदेशका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री प्रचण्डलाई, प्रदेशलाई अधिकार दिन माग

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 630
    SHARES

    काठमाडौँ । ६ प्रदेशका मुख्यमन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । शुक्रबार हेटौँडा भेला भएर अन्तर प्रदेश समन्वय बैठक मुख्यमन्त्रीहरूले आज प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।

    संविधानबमोजिम प्रदेश सरकारलाई अधिकार दिन माग राखिरहेका सातै प्रदेशका मुख्यमन्त्रीले आज प्रचण्डलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएका छन् ।



    भेटमा हेटौँडा बैठकले गरेको निर्णय र पोखरा बैठकको निर्णयबारे ध्यानाकर्षण गराउँदै सङ्घीयता कार्यान्वयन र संविधान बमोजिम प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन गर्न उनीहरुले प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए ।



    भेटमा हेटौँडा भेलाले गरेको ९ बुँदे निर्णय प्रधानमन्त्री प्रचण्डलाई बुझाइएको थियो । मुख्यमन्त्रीहरूको टोलीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह भने सहभागी भएनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार