Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालकुमारी घटनाबारे ओली भन्छन् - सरकारको शैली निन्दनीय छ, दोषीलाई कारबाही होस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बल प्रयोग समस्याको समाधान नभएको बताएका छन् ।

रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयमा भएको प्रर्दशनका क्रममा बालकुमारीमा दुई युवाको मृत्यु भएपछि सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन् ।

‘बालकुमारी घटनामा होनाहार दुईजना नवयुवकको ज्यान गयो। बल प्रयोग समस्याको समाधान होइन’, उनले भने ।

उनले समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय रहेको समेत बताए ।

उनले घटनाको तत्काल छानविन गरी दोषीलाई कार्वाही गर्न माग गर्दै भनेका छन्, ‘ज्यान गुमाउने युवाप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना । अब यस्तो कहिलै नहोस् ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077