Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानले गर्‍यो फतह–२ मिसाइलको सफल परीक्षण

एजेन्सी । पाकिस्तानले फतह–२ मिसाइलको सफल परीक्षण गरेको छ ।

पाकिस्तानले ४०० किलोमिटर टाढासम्म निसाना साँध्न सक्ने फतह–२ मिसाइलको सफल उडान परीक्षण गरेको हो ।

पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरले उक्त मिसाइल अत्याधुनिक एभियोनिक्स, अत्याधुनिक नेभिगेसन प्रणाली र अनौठो उडान प्रक्षेपणले सुसज्जित रहेको जनाएको छ ।

आईएसपीआरका अनुसार हतियार प्रणालीले ४०० किलोमिटरको दायरासम्म लक्ष्य साँध्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077