Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

काठमाडौं । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै सरकारले प्रधानमन्त्री कार्यालयको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ ।

यसैगरी सरकारले गहुँको न्यूनतम समर्थन मूल्य पनि तोकेको छ ।

गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार छ सय ५० रुपैयाँ तोकेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077