Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालयको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको पुनःसंचनासम्बन्धी प्रस्तावलाई स्वीकृत गरेको हो ।

प्रस्ताव स्वीकृति भएसँगै प्रधानमन्त्री कार्यालयमा रहेका ६८ दरबन्दी कटौती हुने छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार प्रधानमन्त्री कार्यालयको पुनःसंरचना गर्ने बताएका थिए।

एक वर्षे कार्यकालको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री कार्यालयबाटै नयाँ कुराको सुरुवात गर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077