Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्रोत नखुलेको साढे १९ लाखसहित एकजना पक्राउ

विराटनगर । मोरङमा स्रोत नखुलेको १९ लाख ९० हजार रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् ।

जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर ६ केशलिया मार्गबाट सुनसरी देवानगंज-५ साहेबगंजका ४९ वर्षीय सुरेशप्रसाद साह पक्राउ परेका हुन् ।

प्रहरीले शंका लागेर सोधपुछ गर्ने क्रममा साहले रकमको कुनै पनि स्रोत भन्न नसकेपछि नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ।

पक्राउ परेका साहको साथबाट नगदसहित को ७ प ५२२१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल र एक सेट मोबाइल नियन्त्रणमा लिइ थप अनुसन्धान गरी राजस्व कार्यालय इटहरी पठाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077