Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बानेश्वरमा ढल निर्माण गर्ने क्रममा पुरिएका मजदुरको उद्धार

काठमाडौं । काठमाडौंको बानेश्वरमा ढल निर्माणको काम गरिरहँदा पुरिएका मजदुरको प्रहरीले उद्धार गरेको छ ।

मंगलबार राति ११ः४३ बजे काठमाडौं महानगरपालिका-९ पुरानो बानेश्वरमा ढल निर्माण भइरहेको ठाउँमा पुरिएका मजदुरको प्रहरीले उद्धार गरेको हो ।

पाँचथर फिदिम नगरपालिका-१२ घर भई गौशाला बस्ने २५ वर्षीय योगेन्द्र लिम्बुको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सेतो पुल जाने बाटोको बीच सडकमा ढल निर्माण भइरहेको बेलामा अचानक माटोको ढिस्को झरेर उनी पुरिएका थिए।

पुरिएपछि प्रहरी कन्ट्रोलमा खबर भएको थियो। त्यसपछि प्रहरी वृत्त गौशालाबाट डिएसपीको कमान्डमा खटिएको टोलीले उनको उद्धार गरेको थियो।

लिम्बुको पुरानो बानेश्वरस्थित फ्रान्टलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077