Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जीबी राईसहित चार जनाविरुद्ध इन्टरपोलको 'डिफ्युजन नोटिस' जारी गर्ने तयारी

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जिबी राईसहित चार जनाविरूद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी गर्न प्रहरीले पत्राचार गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनीसहित चार जनाविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र लेखेको हो।

पूर्वअध्यक्षद्वय भूपेन्द्र राई, थानबहादुर बुढामगर र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरूङविरूद्ध जारी गर्न प्रधान कार्यालयको इन्टरपोल शाखालाई अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा आरोपित चारै जनाविरुद्ध इन्टरपोलमार्फत खोजी गर्ने गरी डिफ्युजन नोटिसका लागि प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको प्रहरी स्रोतले बतायो।

सहकारीको रकम अपचलन गरेको मुद्दामा जिबी राई सहित १८ जना फरार छन्। उक्त सहकारीका कोषाध्यक्ष कुमार रम्तेल काठमाडौंबाट पक्राउ परेका थिए।

फरार भएका जीबी राई 'ग्यालेक्सी फोर-के'का सञ्चालक समेत हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077