Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बेथिति अन्त्य गर्न सरकार निर्मम भएर लागेको अग्निप्रसाद सापकोटाको दाबी

बैतडी । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले देशमा विगतमा भएका बेथितिको अन्त्य गर्नको लागि सरकार निर्मम भएर लागेको बताएका छन् ।

पाटनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा रहेको सरकार लयमा रहेको दाबी गरे ।

ललिता निवास प्रकरण, सुन प्रकरण, भुटानी शरणार्थीलगायतका देशका अहितमा भएका सबै कामविरुद्ध सरकार कठोर भएर लागेको उनको भनाई छ ।

यस्तै उनले जनतासँग माओवादी रुपान्तरण अभियान सार्थक भएको बताए । रुपान्तरण अभियानबाट जनतासँग झनै निकट सम्बन्ध स्थापित भएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077