Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रीहरूलाई प्रधानमन्त्रीको चेतावनी – कार्यक्षमता कमजोर भएकालाई माफ गर्ने पक्षमा छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले काम गर्न नसके आफूसहित कुनै मन्त्रीलाई पद ओगटेर बस्ने सुविधा नभएको बताएका छन् ।

मंगलबार आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कार्यसम्पादन कमजोर भएका मन्त्रीहरुलाई बिदा गर्ने संकेत गरे ।

उनले भने, “म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्‍न चाहन्छु, हामीलाई असफल हुने छूट छैन। कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन। हामी सबै आ–आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ। कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ। यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैंसँग गरेको वाचा पनि हो। देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन ।”

उनले कार्यक्षमता कमजोर भएका मन्त्रीलाई माफ गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077