Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एनसेल सेयर बिक्रीबारे संवेदनशील भएर छानबिन अगाडि बढाएको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले एनसेलको ८० प्रतिशत शेयर बिक्रीको जानकारी पाएलगत्तै संवेदनशील भएर छानबिन अगाडि बढाएको बताएका छन् ।

मंगलबार आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सेयर बिक्री भएको जानकारी पाएलगत्तै समिति बनाइएको बताए । यसबारे सरकार संवेदनशील भएको उनको दाबी छ ।

‘एनसेलको सेयर बिक्रीबारे जानकारी पाएलगत्तै अत्यन्तै संवेदनशीलताका साथ यो विषयलाई लिँदै छानबिन तथा अध्ययन समितिमार्फत् राष्ट्रिय हितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘समितिले छानबिन तथा अध्ययनको काम अघि बढाइरहेको कुरा यहाँहरूलाई अवगत नै छ।’

मलेसियन कम्पनी आजियाटाले एनसेलको ८० प्रतिशत शेयर बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेचेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077