Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अब विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्छु : प्रधानमन्त्री प्रचण्ड

    अब विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्छु : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 570
    SHARES

    काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ले विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने घोषणा गरेका छन् ।

    ३१ औं माओ जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो घोषणा गरेका हुन ।



    उनले जनतासँग माओवादी’ नाराका साथ चलाइएको अभियान सकिनासाथ विचार र विकास निर्माणको अर्को अभियान सुरु गर्ने घोषणा गरे ।



    नेपाली मौलिकतासहितको नयाँ विचार निर्माणको ताकतले मात्रै माओवादी पुरानै ताकतमा फर्किने र समाजवादी क्रान्ति सफल हुने भन्दै प्रचण्डले आगामी केन्द्रीय कमिटी बैठकबाट विचार र विकास निर्माणको अभियानबारे निर्णय गर्ने बताए ।

    नेकपा माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि तीन महिनासम्म जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सुरु गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार