काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज हुँदैछ ।
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार मन्त्रिपरिषद् विस्तार गर्दै कांग्रेसका सरोज थापा र माओवादीका सांसद कृष्णा केसीलाई मन्त्रीमा नियुक्त गरेका थिए ।
नवनियुक्त मन्त्रीहरुको आज बिहान ९ बजे सपथ हुन लागेको हो । प्रदेश प्रमुखको कार्यालय, बुटवलमा उनीहरुको सपथ हुने बताइएको छ ।
वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डामा देखिएको विवादका कारण मन्त्रिमण्डललाई पूर्णता दिन सकेका थिएनन् ।
दुई मन्त्री थपिए पनि लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाएको छैन ।
Leave a Reply