Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्यालयमा डीआई नराख्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज डीआई नराख्न निर्देशन दिएको छ ।

विद्यालयहरूमा अनुशासन कायम राख्ने भन्दै डीआई राख्ने गरेको गुनासो आएको भन्दै त्यस्तो नगर्न निर्देशन जारी गरेको हो ।

डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको पाइएको भन्दै महानगरले त्यस्तो नराख्न सचेत गराएको छ।

काठमाडौं महानगरपालिकाले विद्यार्थीमैत्री सिकाई वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न सबैलाई सूचित गराइएको हो। विगतमा विद्यालयमा अनुशासन कायम गराउने नाममा डीआई राख्ने गरिन्थ्यो ।

सरकारले उक्त विषयमा परिपत्र गर्दै नराख्न निर्देशन जारी गरेको थियो । त्यसका वावजुद केही निजी विद्यालयहरूले डीआई राख्दै आएका छन् ।

डीआईले अनुशासनको नाममा विद्यार्थीहरूलाई कडाइ गर्ने, मानसिक तथा शारीरिक यातना समेत दिने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077