Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख घिमिरेले भने - विदेशी सहयोगहरुको निगरानी हुनुपर्छ

काठमाडौं । सभामुख देवराज घिमिरेले विदेशी सहयोगहरुको सही सदुपयोग हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले भने, ‘अहिले एउटा ट्रेन के बढिरहेको छ भने विदेशी संघसंस्थाहरुको उद्देश्य पूरा गर्नका लागि कसरी छिटो त्यसलाई खर्च गर्न सकिन्छ रु त्यो ढंगबाट गइरहेको छ । तर त्यो हाम्रो आवश्यकता हो की होइन, यसको बारेमा विश्लेषण गर्ने, त्यसलाई सिस्टममा ल्याउने कुरा कसरी गर्नुपर्छ वा यसको महत्व के छ भन्नेबारेमा धेरै बहस छलफलले हुँदैन। त्यसैले वैदेशिक सहयोगहरुको सदुपयोग ठिक ढंगबाट गर्नका लागि आम जनताको पहुँचमा यी कुराहरु पुग्नुपर्छ ।’

उनले विदेशी संघसंस्थाहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरु ल्याइरहने क्रम बढिरहेका भन्दै यसको निगरानी हुनुपर्ने बताए।

उनले वैदेशिक सहयोगहरुको सदुपयोग ठिक ढंगबाट गर्नका लागि आम जनताको पहुँचमा सहायता बारेको जानकारी पुग्नुपर्ने बताए ।

उनले देशको विकास गर्न विभिन्न वैदेशिक संघ संस्था, राष्ट्र र कार्यक्रमहरुमार्फत आइरहेका सहयोगहरुलाई सरकारमार्फत संसदमा पेस गर्ने र संसदले त्यसको प्रयोग कहाँ, कुन क्षेत्रमा र कसरी गर्नुपर्छ भन्नेबारेमा बजेट वा नीतिअन्तर्गत कार्यान्वयनमा लैजानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077