Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • विद्यालयबाहिरको पोशाक किन्न बाध्य पारिए कारबाही गर्ने महानगरको चेतावनी

    विद्यालयबाहिरको पोशाक किन्न बाध्य पारिए कारबाही गर्ने महानगरको चेतावनी

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर मातहतमा सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    क्रिसमस नजिकिदै गर्दा महानगरले विद्यालयलाई चेतावनीयुक्त पत्र पठाएको हो । आज एक सूचना जारी गर्दै महानगरले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न विद्यालयलाई अनुरोध गरेको छ ।



    विद्यालयले विद्यार्थीलाई सेतो दाह्री र रातो टोपीलगायत सान्टाको पहिरन किन्न लगाउने गरेका छन् । त्यसबाहेक अन्य चाडबाडमा पनि विद्यालय पोशाकभन्दा फरक पोशाक लगाउन वाध्य पार्ने गरिएको अधिकांश अभिभावको गुनासो सुनिन्छ।



    कोही कसैले परिपत्र विपरीत कार्य गरेको पाइएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय गरिने चेतावनी समेत महानगरले दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार