Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छु, अब नयाँ ढंगले जान्छु : प्रधानमन्त्री प्रचण्ड

    सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छु, अब नयाँ ढंगले जान्छु : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 579
    SHARES

    फाइल तस्विर

    विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले पुस लागेदेखि सामूहिक रुपले मन्त्रालयको बिफ्रिङ लिइरहेको बताएका छन् ।

    विराटनगर विमानस्थलमा आजसाँझ संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेसम्म ६ वटा मन्त्रालयको बिफ्रिङ सकिएको जानकारी दिए ।



    ‘सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छु। अब नयाँ ढंगले जाने, विकास निर्माण र जनताको सेवा अगाडि बढाउने योजना बनाउने हो। अब टार्गेट दिइन्छ । त्यो अनुसार भएन भने सोच्नुपर्छ,’ उनले भने ।



    अहिले मन्त्री मण्डल परिवर्तनको व्यापक चर्चा छ । प्रधानमन्त्रीले सुशासन, सामाजिक न्याय, विकास निर्माणमा आफू सफल भएको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार