Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छु, अब नयाँ ढंगले जान्छु : प्रधानमन्त्री प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले पुस लागेदेखि सामूहिक रुपले मन्त्रालयको बिफ्रिङ लिइरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आजसाँझ संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेसम्म ६ वटा मन्त्रालयको बिफ्रिङ सकिएको जानकारी दिए ।

‘सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छु। अब नयाँ ढंगले जाने, विकास निर्माण र जनताको सेवा अगाडि बढाउने योजना बनाउने हो। अब टार्गेट दिइन्छ । त्यो अनुसार भएन भने सोच्नुपर्छ,’ उनले भने ।

अहिले मन्त्री मण्डल परिवर्तनको व्यापक चर्चा छ । प्रधानमन्त्रीले सुशासन, सामाजिक न्याय, विकास निर्माणमा आफू सफल भएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077