Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्डले झण्डै पाँच करोडमा गरे अमेरिका र चीनको भ्रमण

    प्रधानमन्त्री प्रचण्डले झण्डै पाँच करोडमा गरे अमेरिका र चीनको भ्रमण

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 870
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विदेश भ्रमणमा झण्डै पाँच करोड रुपैयाँ खर्च भएको छ ।

    अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त राष्ट्र संघको ७८औं महासभा र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा ४ करोड ७४ लाख २ हजार रुपैयाँ खर्च भएको हो ।



    प्रधानमन्त्री प्रचण्ड गत भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए भने उतैबाट असोज ५ गते चीन पुगेका थिए ।



    यस्तै सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारमा झण्डै १० लाख रुपैयाँ खर्च गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार