Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चका नवनियुक्त ६ न्यायाधीशको शपथग्रहण आज

काठमाडौं । सर्वोच्च अदालतमा ६ जना न्यायाधीशको आज शपथग्रहण हुने भएको छ ।

उनीहरुलाई दिउँसो २ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गराउन लागेका हुा् । हिजो मात्रै राष्ट्रपति पौडेलले उनीहरुलाई न्यायाधीशमा नियुक्त गरेका थिए ।

संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेका थिए ।

योसँगै सर्वोच्चमा २० जना न्यायाधीश हुनेछन् । २१ न्यायाधीश हुने सर्वोच्चमा अझै एक पद खाली हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077