Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चका लागि प्रस्तावित ६ न्यायाधीशको नाम संसदीय समितिबाट अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशहरू सर्वसम्मतिले अनुमोदित भएका छन् ।

बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका सबै ६ जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

बैठकले न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल, बालकृष्ण ढकाल र महेश शर्मा पौडेललाई समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ ।

अब उनीहरुले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सर्वोच्च अदालतको न्यायाधीशका रूपमा कामकाज सुरु गर्ने छन् ।

उनीहरुमाथि गत शुक्रबारदेखि सुनुवाइ सुरु भए सोमबार सकिएको थियो । नाम अनुमोदनका लागि बुधबार पुनः समितिको बैठक बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077