Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजदेखि चार दिन काठमाडौंका यी क्षेत्रमा हुनेछ विद्युत् आपूर्ति बन्द

काठमाडौं । आजदेखि चार दिन काठमाडौंका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार भूमिगत गर्ने कार्यका लागि विद्युत् सेवा अवरुद्ध गर्नु परेको हो ।

नेपाल विद्युत् प्राधिकरणले आजदेखि चार दिन काठमाडौंका विभिन्न ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ ।

महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् सेवा अवरुद्ध गर्नु परेको प्राधिकरणले जनाएको छ ।

बुधबार ९आज० चपली तथा बूढानीलकण्ठ क्षेत्र, बिहीबार गोंगबु बसपार्क क्षेत्र, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ ।

बिहान ९ः३० देखि दिउँसो २ बजेसम्प विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077