Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कमिन्सलाई उछिन्दै मिचेल स्टार्क बने आईपीएलको महँगा खेलाडी

    कमिन्सलाई उछिन्दै मिचेल स्टार्क बने आईपीएलको महँगा खेलाडी

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । अष्ट्रेलियन क्रिकेटर मिचेल स्टार्क इण्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटको सबैभन्दा महँगो खेलाडी बनेका छन् । ३३ वर्षका बायाँ हाते पेसर मिचेलका लागि कोलकता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँको बोली लगाएको हो ।

    एक घण्टाअघि मात्र सनराइजर्स हैदराबादले अस्ट्रेलियाकै प्याट कुमिन्सलाई साढे २० करोड भारुमा खरिद गरेपछि उनी सबैभन्दा महँगा खेलाडी बनेका थिए। २ करोड भारु आधार मुल्यबाट स्टार्कमाथि अक्सन सुरु भएको थियो।



    गुजरात टाइटन्सले अन्तिम समयसम्म स्टार्कलाई भित्र्याउन प्रयास गरेको थियो। प्रारम्भिक मुल्य २ करोड तोकिएका उनका लागि सुरुमा दिल्ली क्यापिटल्सले बोली लगाएको थियो ।



    त्यसपछि मुम्बई इण्डियन्सले बोली लगाएका थिए । त्यसपछि मुम्बई इण्डियन्सले ८ करोडको बोली लगायो । त्यसपछि प्रतिस्पर्धामा आएको कोलकता नाइट राइडर्सले ८ करोड ८० लाखको बोली लगाएको थियो।

    मिचेल लिने प्रतिस्पर्धामा गुजरात टाइटन्स प्रवेश गरेपछि उनको मुल्य १० करोड पुगेको थियो । त्यसपछि गुजरात टाइटान्स र कोलकाता नाइट राइडर्सबीच होड चल्यो र गुजरात उनका लागि २४ करोेडसम्म तिर्न तयार भएको थियो तर अन्तमा कोलकताले २४ करोड ७५ लाखमा बाजी मार्‍यो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार