Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रले डाक्यो पदाधिकारी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मंगलबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । बैठक बालुवाटारमा बस्नेछ ।

बैठकमा माघ ११ हुने राष्ट्रियसभा निर्वाचन, पार्टीको रुपान्तरण अभियान लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

माओवादीले भदौदेखि पार्टी रूपान्तरण अभियान सञ्चालन गरिरहेको छ । पार्टी रूपान्तरण अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठक आह्वानको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077