Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादी केन्द्रले डाक्यो पदाधिकारी बैठक

    माओवादी केन्द्रले डाक्यो पदाधिकारी बैठक

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 723
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

    प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मंगलबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । बैठक बालुवाटारमा बस्नेछ ।



    बैठकमा माघ ११ हुने राष्ट्रियसभा निर्वाचन, पार्टीको रुपान्तरण अभियान लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।



    माओवादीले भदौदेखि पार्टी रूपान्तरण अभियान सञ्चालन गरिरहेको छ । पार्टी रूपान्तरण अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठक आह्वानको तयारी भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार