Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचनअघि गठबन्धन गर्न नपाउने व्यवस्था गर्नुपर्छ : गगन थापा

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनअघि गठबन्धन गर्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन्।

तनहुँमा कांग्रेसले गरेको कार्यक्रममा सोमबार बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने दल राष्ट्रिय दल हुँदैन भन्ने व्यवस्था गर्न सकिने बताए।

महामन्त्री थापाले भने,‘जस्तै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार नउठाउने दल राष्ट्रिय दल हुँदैन भन्ने राखौं। त्यसकारण निर्वाचनअगाडि कांग्रेस, एमाले र कुनै पनि दलले गठबन्धन गर्न पाउँदैन । अनि कांग्रेस एमालेसँग र एमाले कांग्रेससँग डराउनु पर्दैन। यो अभ्यास थुप्रै देशमा पनि छ।’

एउटा दल अर्को दलसँग मिल्छ भन्ने डरले गठबन्धन गर्ने प्रवृत्ति रहेको उनको भनाइ छ।

गत वर्ष भएको प्रतिनिधि सभा, प्रदेश सभा र कतिपय स्थानीय तहमा कांग्रेसले तत्कालीन सत्ता गठबन्धनसँग तालमेल गरेर चुनाव लडेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077