Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रस्तावित न्यायाधीश पोखरेल भने – हरेक मुद्दाको सुनुवाइ मिति सुनिश्चित गर्न आवश्यक छ

काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलले अदालतमा रहेका हरेक मुद्दा कहिले सुनुवाइ हुन्छन् भन्ने सुनिश्चितता हुनु आवश्यक रहेको बताएका छन् ।

संसदीय सुनुवाइ समितिमा सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीश पोखरेलले सो कुरा बताएका हुन् । सर्वोच्च अदालतमा मात्रै २८ हजार १६४ मुद्दा विचाराधीन रहेको र तल्लो तहका अदालतमा पनि मुद्दाका थान रहेको उनको भनाई छ ।

प्रस्तावित न्यायाधीश पोखरेलले ती मुद्दा कहिले सुनुवाइ हुन्छन् र टुंगो लाग्छन् भन्ने मिति सुनिश्चित हुनु आवश्यक रहेको बताए। सर्वोच्च अदालतमा दैनिक पेसी सूचीमा चढ्ने मुद्दाको संख्या ठूलो भएपनि सुनुवाइ हुने सम्भावना न्यून रहेको बताए ।

मुद्दाको सुनुवाइ नहुँदा कानुन व्यवसायी र सेवाग्राही लामो समय न्यायको पर्खाइमा बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

न्यायाधीश सिफारिस पोखरेलले सुनुवाइका क्रममा न्यायालयका सुधारका योजनामा पछिल्लो समय ठूलो परिवर्तन आइरहेको पनि बताए ।

उनले न्यायाधीशहरू इजलास र मिसिलमा मात्रै सीमित नरही मुद्दाका पक्षहरूसँग पनि साक्षात्कार गर्ने अभ्यास पनि भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077