Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कुवेतका अमिरको निधनमा नेपालमा सोमबार शोक मनाइने, झन्डा आधा झुकाइने

काठमाडौं । कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनमा नेपाल सरकारले सोमबार एकदिने शोक मनाउने भएको छ ।

आइतबार गृह मन्त्रालयले एक सूचनामार्फत मन्त्रिपरिषद्‌को निर्णयमा कुवेतका अमिरको सम्मानमा भोलि शोक मनाइने जनाएको हो ।

मन्त्रालयका अनुसार भोलि नेपालभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

अमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077