Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चिवाभञ्ज्याङ पुगेर सकियो एमालेको संकल्प यात्रा, ओलीले फहराए राष्ट्रिय झण्डा

पाँचथर । नेकपा एमालेले १८ दिनअघि बैतडीको झुलाघाटबाट सुरू गरेको समृद्धिका लागि संकल्प यात्रा आइतबार पाँचथरको चिवाभन्ज्याङ पुगेर समापन भएको छ ।

झुलाघाटमा जस्तै चिवाभन्ज्याङमा पनि एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर यात्राको समापन गरेका हुन्।

संकल्प अभियान गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको थियो । भारतसँगको सीमाना झुलाघाटमा अध्यक्ष ओलीले झण्डोत्तोलन गरेर अभियान सुरु गरेका थिए ।

अध्यक्ष ओलीले १८ दिनको मध्यपहाडी लोकमार्गको यो यात्राले देशमा विद्यमान विभिन्न समस्या समाधान गर्न एमाले सक्षम छ भन्ने सन्देश प्रवाह गरेको दाबी गरे ।

उनले यात्राका समयमा संकलन भएका सुझाव र समस्याहरूलाई समीक्षा गर्दै समाधानका लागि एमालेले प्रयत्न गर्ने प्रतिबद्धता गरे ।

उनले वर्तमान सरकार शान्ति सुरक्षा र विकासका लागि असफल भइसकेको दाबी गर्दै अब एमाले देशको दरिलो शक्तिका रुपमा स्थापित हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077