Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कतारलाई विपीन जोशीको रिहाइका लागि थप पहल गर्न नेपालको आग्रह

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि थप पहल गर्न कतार सरकारलाई आग्रह गरिएको छ ।

कतार भ्रमणका क्रममा परराष्ट्रमन्त्री एनपी साउदले त्यहाँका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसित यस्तो आग्रह गरेका हुन् ।

कतारमा दोहा २१औँ सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फर्किएका मन्त्री साउदले सो विषयमा सकारात्मक जवाफ पाएको जानकारी दिए ।

भ्रमणका क्रममा उनले कतारका प्रधानमन्त्रीसित शिष्टाचार भेटवार्ता गरेका थिए ।
गएको अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यसक्रममा जोशीसहितका व्यक्तिलाई बन्धक बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077