Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाको केन्द्रीय समितिको बैठक भोलिदेखि सुरु हुने

काठमाडौं । राप्रपाको केन्द्रीय समितिको बैठक आइतबारदेखि सुरू हुनेछ । भोलिदेखि तीन दिनसम्म चल्ने बैठक धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा बस्न लागेको हो ।

भोलि बिहान ८ बजेदेखि सुरू हुने बैठकमा अध्यक्ष राजेन्द्र लिङदेनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको रणनीति र भावी कार्यदिशाबारे ब्रिफिङ गर्नेछन्।

बैठकमा सचिवालय र कोषाध्यक्षको प्रतिवदेन पनि प्रस्तुत हुनेछ। तीन दिन चल्ने बैठकमा भूगोल केन्द्रीत कार्यक्रमको समिक्षा र समूहगत छलफल हुने बताइएको छ।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धि प्रस्ताव पनि छलफलका लागि केन्द्रीय समितिमा पेश हुनेछ । बैठक विभिन्न निर्णय गर्दै पौष ३ गते समापन हुने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077