Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्री आज किन जाँदै छन् हेटौँडा ?

काठमाडौं । मानब सेवा आश्रमको भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आज हेटौँडा जाँदैछन् ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–९ मा निर्माण भएको मानवसेवा आश्रमको केन्द्रिय कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महत पनि हेटौँडा जान लागेका हुन् ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, मन्त्रीहरु, स्थानीय जनप्रतिनिधिहरु, नेपाल सरकारका मुख्य सचिव र सचिवहरु, बरिष्ठ कलाकार, समाजसेवी, आश्रमका अभिभावक, सुभेच्छुक र सहयोगी पनि कार्यक्रममा आउने तय भएको आश्रमले जनाएको छ।

सहयोगापेक्षीमैत्री सेवा प्रवाहको लागि संस्थाको आफ्नै भवन अपरिहार्य भएको निष्कर्षसहित २०७१ माघ ३ गते हेटौँडा ९ लामसुरेधापमा संस्थाको भवननिर्माण कार्यको सुभारम्भ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077