Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचन : १२ दलले दिए दर्ताको निवेदन

काठमाडौं । आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ दलले दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएका हुन् ।

जसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजतान्त्र पार्टी छन् ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी रहेका छन् ।

आयोगले दर्ताका लागि मंसिर २४ गतेदेखि आजसम्मको समय तोकेको थियो । माघ ११ गते १९ पदका लागि निर्वाचन हुँदैछ । फागुन २० गतेबाट २० पद रिक्त हुने भए पनि एकजना राष्ट्रपतिले मनोनयन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077