Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सत्ता गठबन्धन वैधानिक तरिकाले नै तोड्छौं : केपी ओली

तेह्रथुम। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैधानिक तरिकाले नै सत्ता गठबन्धन तोड्ने बताएका छन् ।

‘झुलाघाट–चिवा भञ्ज्याङ सम्मृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत तेह्रथुमको म्याङ्लुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले धैर्यता राखेर वैधानिक ढङ्गले नै गठबन्धन तोड्ने बताए।

अध्यक्ष ओलीले भने,‘लोकतन्त्रमा धैर्यता राखेर लोकतान्त्रिक विधिबाटै समस्या समाधान खोज्नुपर्छ । अहिले हामी सरकारमा छैनौ, हामीलाई देशी विदेशी षडयन्त्रहरू लागेर सरकारबाट हटाइयो । हामीले सुशासन ल्याउने काम गर्‍यौ, त्यसकारण हामीलाई हटाइयो । हामी फेरि पनि धैर्यतापूर्ण ढङ्गले अहिलेको गठबन्धन तोड्छौ ।’

उनले यस गठबन्धनका अपराधहरूलाई देशको प्रगतिका बाधक बनेका क्रियाकलापलाई वैधानिक ढङ्गले जनताको अभिमतबाट परास्त गर्ने बताए ।

अध्यक्ष ओलीले जे गरे पनि आन्दोलन हुने होइन भन्दै कालो झण्डा देखाउने वा अरू प्रकारका गतिविधि गर्नु, हिंसात्मक र मुठभेडले समस्या समाधान नगर्ने पनि बताए ।

उनले नेकपा एमाले बलिदान, जेलनेल भोगेर आएको भन्दै यस पार्टीलाई जनताले अलमलमा नपरी साथ दिनुपर्ने बताए । अध्यक्ष ओलीले पहिचान पक्षधरप्रति सङ्केत गर्दै केहीले परिस्थितिलाई असहज र अप्ठेरो बनाउन खोजेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077