Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौँ महानगरपालिकाले २९औँ स्थापना दिवस मनाउँदै

काठमाडौँ । संघीय राजधानीसमेत काठमाडौँ महानगरपालिका स्थापनाको २९ वर्ष बितेको छ । महानगरपालिकाले विभिन्न कार्यक्रम गरी शुक्रबार आफ्नो २९ औँ स्थापना दिवस मनाउँदैछ ।

महानगरपालिकाले बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा गर्ने विशेष सभालाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

दिवसको अवसरमा महानगरपालिकाका मेयर बालेन्द्र साहले शुभकामना व्यक्त गर्दै महानगरपालिकालाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।

तत्कालिन श्री ५ को सरकारले २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिकाको रुपमा घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077