Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीमाथि भएको आक्रमण प्रयास अत्यन्तै निन्दनीय छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा भएको हातपात प्रयासको निन्दा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत महामन्त्री विश्वप्रकाशले ओलीमाथि हातपात प्रयासको निन्दा गरेका हुन् । उनले असहमति र विरोध संवैधानिक हक भएको तर भौतिक आक्रमण कानुनी नियन्त्रणको विषय भएको बताए ।

उनले कुनै पनि विमतिको समाधान वार्ताबाट खोजिनुपर्ने तर्क गरे । उनले लेखेका छन्,'एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा जे घटना भयो त्यो अत्यन्तै निन्दनीय छ । असहमति र विरोध संवैधानिक हक तर भौतिक आक्रमण कानुनी नियन्त्रणको विषय । सबैथरि विमति सुनौँ र समाधान खोजौँ, तर सुनाउनेले पनि संयम राखौँ यति बुझौँ– मैदानको 'कुस्ती'ले हामीलाई कहीँ पुर्‍याउन्न ।'

संकल्प यात्राका क्रममा धनकुटाको लेगुवा पुगेका ओलीमाथि बिहीबार आक्रमण भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077