Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेतीको बाँध खोल्दा भेटियो अस्पतालबाट भागेका मिश्रको शव

कास्की । पोखराको मणिपाल शिक्षण अस्पताल नजिकैबाट सोमबार बेपत्ता तनहुँका १९ वर्षीय संगम मिश्रको शव बिहीबार सेती नदीमा फेला परेको छ ।

बिहीबार पोखराकौ जौबारीस्थित सेती सिँचाई बाँधको ढोका खोलेर पानीको बहाव बढाइ खोजतलास गर्ने क्रममा नदीपुर तलपट्टी सेती नदीको बीचमा ढुंगामा अड्किएको अवस्थामा शव फेला परेको हो ।

पोखरा–१६ लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा अध्ययनरत मिश्रलाई ज्वरो आएपछि उनका बुबा हरिप्रसाद मिश्रले सोमबार उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याएका थिए ।

बुबा औषधि लिन गएको अवस्थामा उनी अस्पतालबाट निस्किएर हिँडेका थिए । उनको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077