Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • सेतीको बाँध खोल्दा भेटियो अस्पतालबाट भागेका मिश्रको शव

    सेतीको बाँध खोल्दा भेटियो अस्पतालबाट भागेका मिश्रको शव

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 2.7K
    SHARES

    कास्की । पोखराको मणिपाल शिक्षण अस्पताल नजिकैबाट सोमबार बेपत्ता तनहुँका १९ वर्षीय संगम मिश्रको शव बिहीबार सेती नदीमा फेला परेको छ ।

    बिहीबार पोखराकौ जौबारीस्थित सेती सिँचाई बाँधको ढोका खोलेर पानीको बहाव बढाइ खोजतलास गर्ने क्रममा नदीपुर तलपट्टी सेती नदीको बीचमा ढुंगामा अड्किएको अवस्थामा शव फेला परेको हो ।



    पोखरा–१६ लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा अध्ययनरत मिश्रलाई ज्वरो आएपछि उनका बुबा हरिप्रसाद मिश्रले सोमबार उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याएका थिए ।

    बुबा औषधि लिन गएको अवस्थामा उनी अस्पतालबाट निस्किएर हिँडेका थिए । उनको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार